Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिगमा लुम्बिनीलाई सुदूरपश्चिमको १३८ रनको लक्ष्य

    नेपाल टी–२० लिगमा लुम्बिनीलाई सुदूरपश्चिमको १३८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 681
    SHARES

    काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फर वेस्ट युनाईटेडबाट १ सय ३८ रनको लक्ष्य पाएको छ ।

    टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।



    फार वेस्टका देव खनाल ४८ रनमा आउट हँदा कप्तान हसमतुल्लाह शाहिदीले ३२ रन बनाए । करन केसीले अविजित १२ रन बनाउँदा भिम सार्की १५ मा आउट भए ।



    हसिम अन्सारी र विनोद भण्डारी समान ११/११ रनमा आउट भए ।

    लुम्बिनीका लागि शाड्ली भान शाल्बिकले २ तथा किशोर महतो,सागर ढकाल र हरमित सिंहले समान १/१ विकेट लिए।

    लिगमा काठमाडौं नाईट्स,फार वेस्ट युनाईटेड,लुम्बिनी अल स्टार,पोखरा एभेन्जर्स,विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स सहभागी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार