काठमाडौं । अनलाइन वेटिङ मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले नेपाल टि-२० पुरुष राष्ट्रिय क्रिकेट लिगमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाएको आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका ३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डेसहित ३ जनालाई पक्राउ गरेको हो।
पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत काठमाडौं नाईट्स र जनकपुर रोयल्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार-जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको
आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई ५ थान मोबाइल र नगद ३ हजार ५ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Leave a Reply