बागलुङ । बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार तीनपटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ः२३ देखि ३ः२८ बजेको अन्तरालमा तीनवटा भूकम्प मापन गरिएको हो ।
केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका भूकम्पको झट्का महसुस गरिएको छ ।
केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १ः२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २:०७ बजे ५.३ रेक्टर र बिहान ३ः२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Leave a Reply