काठमाडौं । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले आत्मआलोचना गरे विप्लवसंग सहकार्य हुन सक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण बिप्लवलाई कारवाही गरि छुट्टिएको भन्दै आत्मआलोचना गरे सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
तर अहिलेको अवस्थामा बिप्लवले आत्मआलोचना गर्ने नदेखिएको उनको भनाइ छ ।
बास्तोलाले प्रचण्ड प्रधानमन्त्री बनेकोमा आफुहरुको कुनै आक्रोश नरहेको तर संसदीय राजनीतिक प्रणालीबाट समाजवाद नआउने बिषय प्रमुख भएको बताए ।
दलाल पूजीबादी व्यवस्था रहेसम्म जनताको हित नहुने उनको भनाइ छ ।
Leave a Reply