Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो ।

अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा मंगलबार पेसीमा चढेको थियो ।

लामिछानेले गत भदौ ५ गते राती र भदौ ६ गते बिहान सिनामंगलको एक होटलमा पुराएर आफूमाथि जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

किशोरीको जाहेरीपछि प्रहरीले सन्दीपमाथि अनुसन्धान गर्दै काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077