Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिग : पोखराले लुम्बिनीलाई दियो १३४ रनको लक्ष्य

    नेपाल टी–२० लिग : पोखराले लुम्बिनीलाई दियो १३४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 651
    SHARES

    काठमाडौं । कुशल मल्लको आक्रामक ब्याटिङमा पोखरा एभेन्जर्सले जारी नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको हो ।



    १० ओभरको समाप्तिमा २७÷२ को स्थितिमा रहेको पोखराको इनिङ कुशलले सानदार ब्याटिङ गर्दै उकासेका थिए । उनले आउट हुनुअघि ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको इनिङ खेले ।



    कुशलले उपुल थरंगासँग ९६रनको साझेदारी गरेका थिए । थरंगा ५१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर पभेलियन फर्किएका थिए ।

    त्यो बाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीको बलिङमा शेड्ले भान स्कल्कवेकले सर्वाधिक तीन विकेट लिए ।

    उनले ४ ओभरमा २७ रन खचिए । किशोर महत्तोले चार ओभरमा १ मेडन राख्दै २० रन खर्चिएर दुई विकेट लिए । हर्मीत सिंह, सागर ढकाल र गुलसन झाले समान १ विकेट लिए । आज हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार