Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थतन्त्रलाई गतिशील बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलका अनुसार बित्तिय र मौद्रीक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च व्याजदर बिदेशी मुद्राको संचितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरिएको हो ।

बैठकले राजस्वको लक्ष्य प्राप्त गर्न चूहावटलाई कडाईका साथ नियन्त्रण गर्ने निर्णय पनि गरेको छ । यस्तै मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा थुप्रै जटिलता र चुनौतीहरू भएको भन्दै त्यसलाई समाधान गर्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताए। उनले नेपालकोफप अर्थतन्त्रको स्थितिलाई सुधार्नेतर्फ पनि संकल्प लिएको बताए।

'नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशामा छ। त्यसलाई सुधार्न प्रभावकारी उपाय खोजेर अगाडि बढ्ने संकल्प लिएका छौं। सुशासनतिर गम्भीर ढंगले अगाडि बढ्छौं,' उनले भने। उनले

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077