Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • तीन उपप्रधानमन्त्रीले लिए शपथ,रवि लामिछाने बने गृहमन्त्री

    तीन उपप्रधानमन्त्रीले लिए शपथ,रवि लामिछाने बने गृहमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्रीको शपथलगत्तै तीनजना उपप्रधानमन्त्रीले शपथ लिएका हुन् ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थमन्त्रीको शपथ लिएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह र नारायणकाजी श्रेष्ठले उपप्रधान एवं भाैतिक पूर्वाधार तथा आपूर्तिमन्त्रीको शपथ लिएका छन् ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।



    मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि सोमबार नै शपथ लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार