Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • शीतल निवासमा प्रचण्डसहित ८ मन्त्रीको शपथ हुने, को को बने नयाँ मन्त्री ?

    शीतल निवासमा प्रचण्डसहित ८ मन्त्रीको शपथ हुने, को को बने नयाँ मन्त्री ?

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 801
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ ।

    प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो । राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ लिने तय भएको गठबन्धन स्रोतले जनाएको छ ।



    जसअनुसार उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनेछन् । रविले गृह तथा नारायणकाजीले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय पाउने तय भएको छ ।



    अन्य मन्त्रीहरु भने विनाविभागीय हुने बताइएको छ । शीतल निवासमा पठाइएको सूचीअनुसार प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्री बन्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार