Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बन्यो : प्रचण्ड

    कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बन्यो : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 741
    SHARES

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका छन् ।

    सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन् । नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन छाडेर माओवादीले आइतबार एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएको छ र, प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।



    कांग्रेस नेतृत्वको गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गरेको, तर आफ्नै बचनमा टिक्न नसकेको उनले बताए । उनले भने, ‘जसरी पनि ५ बजाउने र ठूलो दलको रुपमा सरकार बनाउन खोजेपछि अर्को गठबन्धनतिर जानु प¥यो ।’



    राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने, तर सरकारमा सहभागी नहुने उनले जानकारी गराए । अरु दलसँग समग्र पावर शेयरिङबारे छलफल हुन बाँकी रहेको भन्दै प्रचण्डले नयाँ सरकारको यात्रा चुनौतीपूर्ण रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार