Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ सरकार गठनसँगै सेयरबजारमा उत्साह, कारोबार पनि बढ्यो

काठमाडौं । नयाँ सरकार बनेसँगै सेयर बजारमा उछाल आएको छ। सेयर बजार सुरु भएको ३ घण्टामा ४६ दशमलव ०६ दोहोरो अंकको वृद्धिसँगै सूचक १९१३.२७ अंकमा पुगेको छ।

दिउँसो १ः१८ बजेसम्म नै नेप्से ४०.६८ अंकले बढेको छ भने कारोबार रकम १ अर्ब माथि पुगिसकेको छ।

नेपाल स्टक एक्सचेन्जमा २०४ कम्पनीको सेयर बढ्दा ३ वटाको मात्रै घटेको छ। हालसम्म तीनवटा कम्पनीको सेयरमा सर्किट ब्रेक लागेको छ भने ३ बजेसम्म यो संख्या अझै बढ्नसक्नेछ।

अहिलेसम्म १ अर्ब २४ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चाको कारण सेयर बजारमा उछाल आएको हो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077