Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चित्रबहादुर केसीले भने - एमालेसँग प्रचण्डको साँठगाँठ अराजनीतिक हो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले-माओवादी सहितका दलबाट बनेको गठबन्धन अराजनीतिक भएको टिप्पणी गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले नयाँ गठबन्धन अराजनीतिक भएको टिप्पणी गरेका गरेका हुन् ।

प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रतिगामी शक्तिसँग गठबन्धन गरेको उनको आरोप छ ।

केसीले भनेका छन्, ‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो ।’

प्रचण्डको उक्त कार्य यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा व्यक्त जनताको जनादेशको अपमान र धोकासमेत भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077