Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी

    मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 642
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ ।

    केही बेरअघि संसद् भवनमा सुरु भएको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।



    बैठकमा माओवादी केन्द्रसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरू सहभागी छन् ।



    ४ बजे प्रधानमन्त्री प्रचण्डको शपथ छ । आजै प्रधानमन्त्री प्रचण्डले सानो मन्त्रीमण्डल बनाउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार