Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश शर्माको टिप्पणी - हामी एम्बापे भयौँ, सबैभन्दा बढी गोल गर्‍यौं, कप अर्कैले लग्यो

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन् ।

पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा बोल्दै महामन्त्री शर्माले आफूहरु अहिलेको राजनीतिको खेलमा फुटबलर एम्बाप्पेजस्तो मात्र भएको टिप्पणी गरेका हुन् ।

विश्वकप फुटबलको उदाहरण दिँदै शर्माले भने, ‘अस्तिको विश्वकपमा सबैभन्दा बढी गोल एम्बापेले हाल्यो । गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो । तर के भयो भने एम्बापेले सबैभन्दा बढी गोल हानेर गोल्डेन बुट जित्यो, तर कप चाहिँ अर्कैले लग्यो ।’

आफूहरू एम्बापे भएर पोखरा आइपुगेको शर्माले बताए । अबको पाँच वर्षपछि अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउने दाबी पनि शर्माको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077