Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस कार्यकर्तालाई महामन्त्री शर्माले भने - भएको के हो सबैलाई थाहै छ, ‘डन्ट वरी’!

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् । कांग्रेसले सत्ता गठबन्धनको नेतृत्व गरेर सरकारमा जाने तयारी गरिरहेकै बेला एमालेलगायत सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि शर्माको यस्तो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा शर्माले आलोचना र आत्मालोचनाको चरण आउनेसमेत बताएका छन्। महामन्त्री शर्माले भनेका छन्, कसरी यस्तो भयो ? अब के हुन्छ ?मैले केवल यत्ति भनें डन्ट वरी।‘

कांग्रेस बाहेकको गठबन्धन बनाएपछि उत्पन्न राजनीति परिस्थितपछि आफूलाई देशभरका कार्यकर्ताले अब के हुन्छ भन्दै प्रश्न गरेको बताउँदै शर्माले चिन्ता नगर्न जवाफ दिएको बताए ।

ट्वीटमा शर्माले जिम्मेवार प्रतिपक्षका रुपमा कांग्रेस देशभर मुभ हुने समेत बताएका छन्।

उनले अगाडि लेखेका छन्, 'भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मुभमा हुनेछौँ । नयाँ बिहानी हुनेछ । तर त्यो आफैँ आउने छैन । हामी ल्याउनेछौँ । त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस् ।'

कांग्रेस केन्द्रदेखि सातै प्रदेशका प्रतिपक्ष बस्नु परेको बारे सबैलाई थाहा नै भएको भन्दै आलोचना र आत्मालोचना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077