Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिग : काठमाडौंले दियो फार वेस्टलाई ९९ रनको सामान्य लक्ष्य

    नेपाल टी–२० लिग : काठमाडौंले दियो फार वेस्टलाई ९९ रनको सामान्य लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 654
    SHARES

    काठमाडौं । काठमाडौं नाइट्सले फार वेस्टर्न युनाइटेडलाई जारी नेपाल टी–२० लिग अन्तर्गत जारी खेलमा ९९ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनको योगफल तयार गरेको हो ।

    काठमाडौंका एलेक्स ब्लेकले अविजित ४५ रनको इनिङ खेले । उनले ३७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सन्तोष कार्की १२ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल १३ रन जोडेर पभेलियन फर्किएका थिए ।



    त्यो बाहेक काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । फारवेस्टका अमेरिकन बलर उमार अलीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा १५ रन खर्चिए । हस्मतुल्लाह शाहिदी र रासिद खानले दुई÷दुई विकेट लिँदा शेर मल्लले एक विकेट लिए ।



    काठमाडौंले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो । फार वेस्ट पहिलो खेलमा लुम्बिनी अलस्टार्ससँग ६७ रनले हारेको थियो । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स खेल्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार