Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नैतिकताको आधारमा देउवाले सभापति र दलको नेताबाट राजीनामा दिनुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । सरकार निर्माणमा सभापति देउवा असफल भएपछि नेता घिमिरेले राजीनामा माग गरेका हुन् । उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् । ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्विटरमार्फत भनेका छन् । देउवाले परिस्थितिको सही आकलन गर्न नसक्दा गठबन्धन टुटेको भन्दै उनको चर्को आलोचना भएको छ । यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि देउवाको म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुटेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077