काठमाडौं । नेकपा (मसाल) ले एमालेसँग साँठगाँठ गरी प्रधानमन्त्री बनेर पुष्पकमल दाहाल प्रचण्डले जनतालाई धोका दिएको बताएको छ ।
पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै ‘प्रतिगामी भूमिकामा रहेको एमाले’लगायतसितको साँठगाँठमा प्रचण्ड प्रधानमन्त्री बन्नु जनतासितको धोका भएको जिकिर गरेका हुन् ।
गत निर्वाचनमा प्रतिगमनविरुद्ध चुनावी तालमेल गरी फेरि एमालेसित नै प्रधानमन्त्रीका लागि साँठगाँठ गर्नुलाई प्रचण्डको सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
महामन्त्री मोहनविक्रमले प्रधानमन्त्री बन्न प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्त्वहरूसित पनि गठबन्धन गरेको आरोप लगाए ।
Leave a Reply