Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुदूरपश्चिममा ‘एसईई सिंगिङ र डान्सिङ आइडल सिजन-२’ को अडिसन सुरु

    सुदूरपश्चिममा ‘एसईई सिंगिङ र डान्सिङ आइडल सिजन-२’ को अडिसन सुरु

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 936
    SHARES

    कैलाली । सुदूरपश्चिममा विद्यालय स्तरका नृत्य तथा गायन प्रतिभा उजागर गर्ने उद्देश्यले प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लिले एसईई आइडल सिजन २ आयोजना गर्ने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रा.लिका अध्यक्ष प्रकाश छेडालले प्रतियोगिता सम्बन्धी जानकारी गराएका हुन् ।

    शिक्षा प्रति राज्यलाई थप उत्तरदायी बनाउन दबाब दिन,विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन गराउन, शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यापार व्यवसायको प्रवर्द्धन गर्न मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिन लागेको अध्यक्ष छेडालले जानकारी दिए ।



    उनका अनुसार प्रतियोगिताको अडिसनहरू २०७९ पुसदेखि २०८० वैशाखसम्म सुदूरपश्चिममाका ९ जिल्लाका २५ स्थानमा सञ्चालन हुने छन् । प्रतियोगिताका फाइनल २०८० असार २ गते हुने अध्यक्ष छेडालले बताए । प्रतियोगितामा एसईई सिंगिङ आइडल र एसईई डान्सिङ आइडल गरि दुई विधामा प्रतिस्पर्धा हुनेछ ।



    एसईई डान्सिङ आइडलको विजेतालाई रु ५० हजार नगद सहित ट्रफि, छात्रवृत्ति, गिफ्ट ह्याम्पर र उपविजेतालाई २५ हजार नगद सहित ट्रफि, छात्रवृत्ति, गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । यसै गरी एसईई सिंगिङ आइडल विजेतालाई पुरस्कार रु २० हजार नगदसहित छात्रवृत्ति, गिफ्ट हयाम्पर र उपविजेतालाई रु १० हजार नगदसहित छात्रवृत्ति, गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितालाई चौधरी ग्रुप (वाई वाई चाउचाउ) , र सुदूरपश्चिमाञ्चल एकेडेमीले प्रायोजन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार