काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देन राजनीतिक छलफलका लागि ओली निवास पुगेका हुन् ।
लिङ्देन झापाबाट आए लगत्तै बालकोट गएका हुन् । माओवादी महासचिव देव गुरुङ पनि बालकोटमा छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीलाई भेट्न बालकोट पुगेका छन् ।