Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिग : लुम्बिनीसंग विराटनगर २ रनले पाराजित

    नेपाल टी–२० लिग : लुम्बिनीसंग विराटनगर २ रनले पाराजित

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । विराटनगर सुपर किङ्सलाई दुई रनले पराजित गर्दै नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार दोस्रो जित निकालेको छ ।

    नेपाल टी-ट्वान्टी लिग अन्तर्गत आइतबार भएको पहिलो खेलमा लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १५५ रनमा समेटियो। विराटनगरका लागि हुसन तालातले सर्वाधिक ३९ रन बनाए। रोहित पौडेलले २५ रन बनाउँदा पृथु बाँस्कोटाले १८ रन बनाए।



    अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक रहेको बेला १३ रन मात्र बनाउन सक्यो। विराटनगरलाई रोक्न लुम्बिनीका किशोर महतोले २ तथा सागर ढकाल, गुल्सन झा, दीपेन्द्र सिंह ऐरी र पाट ब्रोनले १-१ विकेट लिए।



    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो। उसका लागि लाहिरू मिलन्थाले उत्कृष्ट अर्धसतकीय पारी खेले। ६३ बल खलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८० रन बनाए। उनको यो लिगमा लगातार दोस्रो अर्धशतक हो ।

    यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिहं ऐरीले १६ रन बनाए। बिपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए। विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १-१ विकेट लिए।

    यसअघि शनिबार भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टन युनाईटेडलाई ६७ रनले हराएको थियो। लगातार दोस्रो जितसँगै लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ। डबल राउण्डमा हुने यस लिगको फाईनल खेल पुस २७ गते हुनेछ ।

    लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख नगद पुरस्कार पाउनेछन्। यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउनेछ। त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख पाउँदा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले समान २ लाख ५० हजार पाउनेछन् ।

    इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् भने प्रतियोगिताको प्लेयर अफ दी म्याचले ४० हजार पाउनेछन्। लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले सहभागिता जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार