काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाली कांग्रेसले सहमति पालना नगरेको दाबी गरेको छ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाडेपछि प्रचण्डका स्वकीय सचिव रमेश मल्लले असन्तुष्टि व्यक्त गरेका हुन्।
चुनावअघि २३ सिटमा ‘खुम्चिएको’कांग्रेसलाई प्रधानमन्त्री दिएकाले यस नेतृत्वलाई स्वीकार गर्नुपर्ने अडान प्रचण्डले राख्दै आएका छन्।
तर सफलतापूर्वक आफूले चुनाव गरेको र पहिलो पार्टी भएकाले कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्ने अडान देउवाले राखेका थिए।
मल्लले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनितिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुस्खान्त पुनरावृत्ति हाम्रा सामु छ ।
’ प्रचण्डका स्वकीय सचिव मल्लले आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुग्दा सहमति तोडिहाल्ने खराब चरित्र नेपाली राजनीतिमा देखिएको बताएका छन्।
Leave a Reply