Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारको बैठकमा पुगे झलनाथ खनाल

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रवेश भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टु वान वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको हो।

बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भइरहेकोमा समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि थपिएका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो चरणमा सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सहमति जुटाउन बालुवाटारमा बैठक जारी रहेको छ।

अहिले गठबन्धनको निर्णायक छलफल भन्दै नेताहरु बालुवाटार प्रवेश गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077