Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाशको प्रस्ताव - राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेटेर गठबन्धनलाई कायम राखौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै महामन्त्री शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायमै राख्नुपर्ने बताएका हुन् ।

उनले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि समेट्नुपर्ने धारणा राखेका छन् । उनले ट्वीट गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘एक्लो बहुमतमाझ हामी कसैसँग छैन । गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ । त्यसैले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गरौं । २-२-१ मा परिपक्वता छ । तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ ।’

उनले एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले २/२ वर्ष तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गरेर जानुमै परिपक्कता हुने भन्दै उनले त्यसलाई कार्यान्वयनमा पारदर्शिता र एकता जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077