Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • सांसदहरूलाई कांग्रेसले बालुवाटार बोलायो, के विषयमा हुनेछ छलफल ?

    सांसदहरूलाई कांग्रेसले बालुवाटार बोलायो, के विषयमा हुनेछ छलफल ?

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 660
    SHARES

    काठमाडौं । राष्ट्रपतिले प्रधानमन्त्री पदमा दाबी गर्न दिएकाे समय सकिनै लाग्दा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

    सत्तारुढ गठबन्धनको सरकार निर्माण हुने भनिए पनि कांग्रेसका सभापति शेरबहादुर देउवा कि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को पहिलो प्रधानमन्त्री ? भन्ने बिषय टुंगिन नसकिरहेको बेला कांग्रेसले आफ्ना सांसदहरूलाई अपरान्ह १२:३० मा बस्ने कांग्रेस सांसदहरुको बैठकमा बोलाएको हो ।



    सांसदहरूको सरसल्लाह र सुझावअनुसार कांग्रेसले भावी रणनीति बनाउनेछ । कांग्रेस ठूलो दल भएका कारण सरकारको नेतृत्व आफै लिनुपर्ने दवाव पनि छ ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पद दाबी गर्न दिएकाे एक साताकाे समय आइतबार बेलुका ५ बजे सकिँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार