Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग : लुम्बिनीले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

    नेपाल टी-२० लिग : लुम्बिनीले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 837
    SHARES

    काठमाडौं । लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

    नेपाल टी-२० लिग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आईतबार जारी पहिलो खेलमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको छ ।



    लुम्बिनीका ओपनर लाहिरु मिलान्थाले अविजित ८० रनको उत्कृष्ट इनिङ खेले । उनले ६३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । कुशल भुर्तेलले १७ बलमा २ चौका र १ छक्कासहित २६ रनको योगदान गरे ।



    कप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा १६ रन जोडेर पभेलियन फर्किएका थिए । बिपुल शर्मा ११ रन बाहेक लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    विराटनगरको बलिङमा कप्तान आन्द्रे माकर्थी, सिकन्दर राजा, शाहब अलाम र हुसन टलतले समान एक विकेट लिए ।

    लुम्बिनी अलस्टार्सले पहिलो खेलमा फार वेस्टर्न युनाइटेडलाई ६७ रनले हराएको थियो । आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सर जनकपुर रोयल्स खेल्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार