Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग : काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य

    नेपाल टी-२० लिग : काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 669
    SHARES

    काठमाडौं । काठमाडौं नाइट्सले आजदेखि सुरु भएको नेपाल टी-२० लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई एक सय ६३ रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाएर एक सय ६२ रनको योगफल तयार गर्यो।



    खराब सुरुआत गरेको काठमाडौंले ४८ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। तर, पाँचौं र छैटौं नम्बरमा क्रिजमा उत्रिएका सुनम गौतम र ओमारजाईले एक सय १४ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्याए।



    सुनमले २८ बलमा दुई चौकासहित २७ रन जोड्दा ओमारजाईले ४२ बलमा तीन चौका र सात छक्कासहित ८५ रनको योगदान गरे। पोखराका लागि प्रतिश जिसी र जहिर खानले दुई–दुई तथा मौसम ढकालले एक विकेट लिए।

    उद्घाटन समारोहका कारण ढिलो सुरु भएको खेलको एक ओभर घटाइएको थियो। आजदेखि सुरु भएको नेपाल टी २० लिगमा ६ टिम सहभागी छन्। आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फारवेस्ट युनाइटेड भिड्दै छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार