Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सरकार बनाउन राष्ट्रपतिले दिएको समय भोलि सकिँदै, सरकार गठन अझै अनिश्चित

    सरकार बनाउन राष्ट्रपतिले दिएको समय भोलि सकिँदै, सरकार गठन अझै अनिश्चित

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 735
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि ९पुस १० गते० साँझ सकिँदै छ।

    राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन्। त्यो समय सीमा कट्न आजसमेत २ दिन मात्र बाँकी रहँदा सरकार गठनमा दलहरूले सहमति जुटाउन सकेका छैनन्।



    राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने हुन्छ । बहुमत पुर्याउने दलले भोलि बेलुकी ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ ।



    धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६ को २ बमोजिम राष्ट्रपतिले आह्वान गर्नुभएको हो ।

    २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ । कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन ।

    कांग्रेसले ८९, एमालेले ७८ सिट जितेका छन् भने माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाको १, १ सिट छ । स्वतन्त्रले ५ सिट जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार