काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् ।
शुक्रबार बुहारीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले लालवीरलाई पार्टीमा स्वागत गरिन् ।
मंसिर ४ गतेको निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले 'ब्याकअप' उम्मेदवारको रूपमा लालवीरलाई उम्मेदवार बनाएको थियो ।