Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

    विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 723
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

    सुडानी नागरिक मोहम्मद अहमेदले डफला साराफेल्दिनलाई झन्डै १९ किलोसहित पक्राउ गरिएको हो ।



    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको थियो। विमानस्थल स्रोतका अनुसार साराफेल्दिन फ्लाई दुबईको ५१९ नम्बरको उडानबाट नेपाल आएका हुन् ।



    उनले प्लास्टिकमा बेरिएको अर्धतरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएका थिए। शंकाका आधारमा चेकजाँच गर्दा उनी सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दियो।

    विमानस्थलस्थित भन्सार कर्यालयले करिब १८-१९ किलो सुन बरामद भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार