Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशसभा सदस्यहरूको शपथ पुस १४ गते हुने

काठमाडौं । आगामी पुस १४ गते बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको हो ।

प्रदेशसभाका सदस्यहरुको शपथका लागि प्रदेशसभा सचिवालय हेटौंडाको परिसरमा आवश्यक व्यवस्थापन मिलाउने गरी बैठकले निर्णय गरेको छ ।

बैठकले पुस १३ गतेका लागि प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

जेष्ठ सदस्यको रुपमा नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले जेष्ठ १३ गते दिउँसो २ बजे प्रदेश प्रमुख मार्फत शपथ ग्रहण गर्ने छन् ।

जेष्ठ सदस्यको शपथको कार्यक्रम प्रदेश प्रमुख कार्यालय हेटौंडामा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077