Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • हिजो छुटेका नवनिर्वाचित सांसद यादव र राईले लिए शपथ

    हिजो छुटेका नवनिर्वाचित सांसद यादव र राईले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 987
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

    बिहीवार भएको प्रतिनिधिसभा सदस्यको शपथमा सहभागी हुन नसकेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र महेन्द्र राय यादवले शुक्रवार शपथ लिएका हुन् ।



    सांसदद्वयलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका छन् । प्रतिनिधि सभाका दुई सय ७० जना सांसदले हिजो शपथ लिएका थिए ।



    तर सांसदहरु महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई भने हिजो शपथ लिन अनुपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार