Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन १३ गते हुने

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि पुस १३ गते निर्वाचन हुने भएको छ ।

बिहीबार चन्द्र महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले संसदीय दलको कार्यालय, हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

समितिले पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको महर्जनले बताए । कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानिया र बहादुर सिंह लामा दाबेदार रहेका छन् ।

दुबै नेता कांग्रेस संस्थापन पक्षका हुन् । लामा नुवाकोटबाट निर्वाचित भएका हुने भने इन्द्रबहादुर बानियाँ मकवानपुरबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077