Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय अनुसन्धान विभागका ४० जिल्लाका प्रमुख सरुवा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का ४० जिल्लाका प्रमुख फेरिएका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिवस्तरबाट एसपी र डिएसपी गरी ४० जिल्लाका प्रमुख सरुवा गर्ने निर्णय भएको हो ।

सरुवा सूचीअनुसार तनहुँका उत्तम खनालको कास्की, कास्कीका मनोज ढकालको स्याङजा, चितवनका शेरजंगबहादुर चन्दको धादिङ, कमल प्रसाद भट्टराईको चितवन, नरेश बमको बर्दिया, हरिश बिष्टको कैलाली र सुदीप अधिकारीको सिन्धुपाल्चोक सरुवा भएको छ ।

यस्तै राजन प्रजापतिको काभ्रे, मोहन कुँवरको बाँके, वीरेन्द्र सिंह कार्की बाग्लुङ, हुमकान्त पाण्डे रुपन्देही र नरेन्द्र गिरी कपिलवस्तुमा सरुवा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077