काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थिर सरकारका लागि कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उनले आवश्यकताको आधारमा सरकारमा जानेबारे छलफल गर्न सकिने उनले बताए ।
'देशलाई राजनीतिक स्थायित्व दिने हो भने कांग्रेस र एमाले मिलेर आगामी ५ वर्ष सरकार चलाउनुपर्छ', उनले भने, 'त्यसो भएमा हामी प्रतिपक्षमा बस्छौँ। दुई ठूला दल मिल्दा देशले विकासको गति पनि लिन सक्छ।'
उनले राप्रपा आफैं अहिले सरकारमा जाने विषयमा मौन रहेको बताए। अहिले हतार गरेर सरकारमा जाने पक्षमा आफूहरु नरहेको तर्क लिङ्देनले गरेका छन्।