Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा

    दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 627
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् ।

    कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उनका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताएका हुन् ।



    थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रीत हुने बताएका छन् भने शर्माले पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेकाले पार्टीकै काम गर्ने बताए ।



    संसदीय दलको नेताको मतपरिणाम सार्वजनिक भएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै थापाले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने स्पष्ट पारे । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार