Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधवलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगे राजेन्द्र लिङ्देन

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

दुई दिनयता स्वास्थ्यमा समस्या भएपछि शिक्षण अस्पतालमा उपचाररत नेपाललाई भेट्न लिङ्देन अस्पताल पुगेका हुन् ।

सो क्रममा दुई नेताबीच केहीबेर छलफल भएको थियो ।

उनी छातीमा सङ्क्रमण देखिनुका साथै रुघाखोकी लागेपछि मङ्गलबारदेखि अस्पताल भर्ना भएका थिए । नेपालको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077