काठमाडौ. । प्रहरी हिरासतमा रहेका एकजना भारतीय थुनुवा बुधवार दिउँसो फरार भएका छन् ।
प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय नागरिक सचिन कुमार प्रहरीको घेरा तोडेर भागेका हुन् ।
१९ वर्षका सचिन कुमारलाई म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराएको अवस्थामा भागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
फरार थुनुवाको खोजीमा काठमाडौं उपत्यकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Leave a Reply