Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनलाई नयाँ हतियार उपलब्ध गराए थप द्वन्द्व चर्किने क्रेमलिनको चेतावनी

एजेन्सी । युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने क्रेमलिनले चेतावनी दिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वाशिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षाबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने चेतावनी दिएको हो ।

प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यी सबै कुराले निश्चितरूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो सङ्केत गर्दैन । मस्कोले युक्रेनले शान्ति वार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता इन्कार गर्नुहुने छैन ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधवार नै वाशिङ्टनमा अमेरिकी समकक्षी जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077