Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरका पाँच विभागीय प्रमुख फेरिए

काठमाडौं । काठमाडौं महानगरपालिकामा पाँच विभागीय प्रमुखहरु हेरफेर भएका छन् ।

मंगलबार महानगरपालिकाले महानगरमा कार्यरत पाँचजना कर्मचारीलाई अन्य विभागमा सरूवा गरेको हो ।

महानगरका अनुसार सामाजिक विकास विभागका दीपक अधिकारी, वित्त विभागका यादव घिमिरे, गोपाल पोखरेल, नुरनिधि न्यौपाने र सहायक प्रवक्ता रहेका प्रशासन विभागका महेश काफ्लेलाई सरूवा गरिएको छ ।

अधिकारीलाई प्रशासन विभाग, घिमिरेलाई आन्तरिक लेखा परीक्षण, पोखरेललाई सामाजिक विकास विभाग, न्यौपानेलाई मेयरको सचिवालय तथा विभागीय प्रमुख र सहायक प्रवक्ता काफ्लेलाई सार्वजनिक निजी साझेदारी कार्यक्रम (पिपिपि) सरूवा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077