काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत थमसनबीच भेटवार्ता भएको छ ।
बुधवार दिउँसो राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटघाट भएको भेटमा राजदूत थमसनले अध्यक्ष लिङदेनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी भएकोमा बधाई दिएका थिए ।
त्यस्तै राजदूत थमसनले निर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा अध्यक्ष लिङदेनको प्रशंसा गरेका थिए ।
भेटका क्रममा समसामयिक विषय र दुई देशबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।