काठमाडौं । नव निर्वाचित प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुख निर्वाचित नहोउन्जेल निष्पक्ष भूमिकामा काम गर्ने बताएका छन् ।
बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएर संघीय संसद सचिवालय सिंहदरबार पुगेका राणाले सो कुरा बताएका हुन् । उनले भोलि दिउँसो १ बजे प्रतिनिधि सभाका बैठकको अध्यक्षता गर्दै २७५ सदस्यलाई शपथ खुवाउँदैछन् । रा
णाले शपथग्रहण कार्यक्रम अघि मध्यान्ह १२ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग संसद भवनको ल्होत्से हलमा बैठक गर्ने निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
सभामुख निर्वाचित हुनुअघि सदनको जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नुपर्ने व्यवस्था अनुसार राणाले बैठकको अध्यक्षता गर्न लागेका हुन् । संसदहरूले सपथ लिएको १ महिनाभित्र दलहरूले सभामुख निर्वाचित गर्नुपर्ने छ ।
भोलि हुने सपथ ग्रहणका लागि संघीय संसद सचिवालयले संसद भवनको रूपमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तयारी पूरा गरिसकेको छ । सपथका लागि नव निर्वाचित सबै सांसदहरूलाई पत्राचार गरिसकेको संसद सचिवालयले जनाएको छ ।
Leave a Reply