Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल त्रिवि शिक्षण अस्पताल पुगे

काठमाडौं । उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न सम्मानित नेता झलनाथ खनाल अस्पताल पुगेका छन् ।

अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो ।

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल बुधबार पौने १ बजे अस्पताल पुगेको खनालको सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपालको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077