Online Nepal
  • बुधबार, १० पुष २०८१
  • टिप्परको ठक्करबाट एक बालकको मृत्यु, स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग बन्द

    टिप्परको ठक्करबाट एक बालकको मृत्यु, स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग बन्द

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 1.1K
    SHARES

    धनगढी। कैलालीमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । स्थानीय बासिन्दाले अबरोध हटाउन गएका प्रहरीहरुमाथि सोत ढुंगामुढा प्रहार गरेका छन् ।

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा आज बिहान टिप्परको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको थियो भने मृत बालककी आमा घाईते भएकी थिईन ।



    दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हरैया चोकमा स्थानीयले सडक अवरोध गरेका हुन्।



    मृतकका आफन्तहरुले दोषी चालकमाथि कारबाही र मृतकका परिवारजनलाई क्षतिपूर्ति माग गर्दै बिहानै देखि पूर्व पश्चिम राजमार्गको हरैया सडक खण्ड अबरुद्ध गरेका छन् ।

    प्रहरीले आन्दोलनकारीहरुलाई हटाउन एक दर्जन बढि राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । सोही क्रममा स्थानीय बासिन्दाले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

    यस्तै जिल्लाको गोदावरी नगरपालिकाको स्याउलेमा ट्याक्टर व्यवसायीहरुले सडक अवरुद्ध पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार