Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ।

सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।

माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ।

दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ ।

उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन्। माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077