Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिनियर नेताकै निर्देशनमा हेर्दाहेर्दै मतपत्रको फोटो खिचियो : गगन थापा

 

काठमाडौं । कांग्रेस संसदीय दलको चुनावमा केही सांसदहरुले भोट हालेपछि मतपत्रको फोटो खिचेका छन् ।

बुधबार सिंहदरवार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको मतदानमा सिनियर नेताकै निर्देशनमा केही सांसदहरुले आफूले हालेको मतको तस्विर खिचेका हुन् ।

संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगन थापाले भन्दाभन्दै पनि केही सांसदले फोटो खिचेको बताए ।

उनले ठुला नेताको निर्देशनमा सांसदहरुले फोटो खिचेको आफूले पाएको थापाको भनाइ छ ।

थापाले भने, ‘देख्दादेख्दै, भन्दाभन्दै र हेर्दा हेर्दै पार्टीका केही सिनियर नेताहरु छेउमा आएर कुरेको भन्दै बसिराख्नुभयो । मेरै आँखा अगाडि भन्दाभन्दै पनि १०,११ जनाले मोवाइल निकालेर मतपत्रको तस्विर खिच्नुभयो ।

पार्टीभित्र लोकतन्त्रका लागि यत्रो अभ्यास भइरहेको बेलामा सांसद आफैले पनि बुझ्ने कुरा हो । किन खिच्नुभएको हो ? कि खिचेपछि सार्वजनिक गरिदिनुस् ।’

उनले जित हार आफ्नो ठाउँमा भएपनि दलको निर्वाचनमा कांग्रेसले अपनाएको प्रक्रिया लोकताीन्त्रक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077