काठमाडौं । बिहान ८ बजेबाट सुरु हुने भनिएको कांग्रेस संसदीय दलको मतदान अझै सुरु हुन सकेको छैन् । मतदान गर्ने ठाउँमा क्यामेरा लिन पाउने किन नपाउने भन्ने विषयमा विवाद हुँदा मतदानमा ढिलाइ भएको हो ।
संसदीय दलको उम्मेदवार तथा सभापति शेरबहादुर देउवा पक्षले मतदान गर्ने ठाउँमा मोबाइल लिन पाउनुपर्ने माग राखेको छ । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसाल मोबाइल लैजान पाउनु पर्ने पक्षमा छन् ।
यता निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले मतदानमा क्यामेरा लिने र तस्बिर खिच्नेकुरा विधिसम्मत नहुने भन्दै विरोध जनाएका छन् । साथै देउवा पक्षले मतदान गरेको तस्बिर खिच्न सर्कुलरसमेत गरेको पाइएको छ।
संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ । कांग्रेस संसदीय दलमा ८९ सांसदले मतदान गर्न पाउने छन् ।
यस्तै नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Leave a Reply