Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज अमेरिका भ्रमणमा जाँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आज अमेरिका भ्रमणमा जाँदै छन् । रुससाग युद्ध सुरु भएयता जेलेन्स्कीको पहिलो पटक विदेश भ्रमण गर्न लागेका हुन् ।

भ्रमणको क्रममा वासिङटन पुग्नु हुने जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसका लागि अमेरिकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी कांग्रेसका सदस्यहरुलाई उपस्थिति जनाउन अपील गरेकी छिन् ।

भ्रमणकै क्रमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेट्न सक्ने सम्भावना रहेको छ । यसअघि जेलेन्स्कीले युक्रेनको राजधानी कीभमै बसेर विदेशी नेताहरुसँग प्रत्यक्ष, टेलिफोन र अन्य भर्चुएल माध्यमबाट संवाद गर्दै आएका थिए ।

उनको यो भ्रमणले युद्धकाबीच अमेरिकाले खेलेको सहयोगी भूमिकाको प्रशंसा हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077