Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सल्यानमा ३९ जना सवार बस दुर्घटना, ११ जना घाइते

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

छत्रेश्वरी गाउँपालिका–१ दमाचौरदेखि दाङको तुलसीपुर जाँदै गरेको ना ८ ख २५३ नम्बरको बस राप्ती राजमार्गको सिद्धकुमाख गाउँपालिका–१ को पटारेमा मंगलबार दिउँसो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ३९ यात्रु सवार रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077