Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस उपसभापति खड्काले भने - अहिले देउवालाई सर्वसम्मत बनाऔं, पुस्तान्तरण पछि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन् ।

मंगलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन् ।

उनले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसमा पुस्तान्तरण हुदै जाने धारणा बताए ।

उपसभापति खड्काले भने, ‘आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन हुनेछ । अरु नेतामा क्षमता नै छैन भन्ने होइन, जनतालाई आवश्यक नेतृत्व दिनसक्ने क्षमता देउवाजी नै हुनुहुन्छ । युवाहरुलाई म त भन्छु अझै संसदीय दलको नेता देउवाजीलाई सर्वसम्मत बनाऔं ।’

खड्काले कांग्रेस, माओवादी, समाजवादी, नेकपा एमालेसहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077